सोलुखुम्बु, १५ असार ।
सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
आज बिहान नेचा सल्यानबाट काठमाडाँै जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिनुभयो ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ ।
जीपमा आठ जना सवार रहेको बुझिएको छ । तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।
उता , पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमासवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ बस्ने २५ वर्षीय साङ्गदेन राई रहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको मे१त २७९२ को ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको मे१०प नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा गंभीर घाइते भएका राईको उपचारका क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट केर्खाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई अनुसन्धानका लागि प्रहरी चौकीमा राखिएको छ ।