पत्रिकाको कार्यालयमा गोली प्रहार, पाँच जनाको मृत्यु

पत्रिकाको कार्यालयमा गोली प्रहार, पाँच जनाको मृत्यु

  • शुक्रबार, असार १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

वासिंटन, असार १५ । अमेरिकाको मेरिल्याण्डस्थित स्थानीय पत्रिकाको कार्यलयमा गोली हानी पाँच जनाको हत्या गरिएको छ ।

क्यापिटल गजेटको कार्यालयमा गरिएको गोली प्रहारमा अरु केही ब्यक्ति घाइते पनि भएका छन् ।

गोली प्रहार गरेको आशंकामा एक जनालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । करिब ५० वर्षीय स्थानीयलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो ।

आक्रमणका समयमा थुप्रै मानिस कार्यालयमै रहेको जनाइएको छ । मेरिल्याण्डको अन्नापोलिसमा रहेको क्यापिटल गजेट बाल्टीमोर सन मीडिया समूहसँग सम्बन्धित रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ