अखिल(क्रान्तिकारी) रुपन्देहीको चेतावनी पछि कमजोरी गर्ने होस्टेल वार्डेन द्दारा राजिनामा,कलेज द्दारा गल्ती स्विकार

अखिल(क्रान्तिकारी) रुपन्देहीको चेतावनी पछि कमजोरी गर्ने होस्टेल वार्डेन द्दारा राजिनामा,कलेज द्दारा गल्ती स्विकार

  • शुक्रबार, असार १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

बुटवल, १५ असार ।
रुपन्देही शंकरनगरस्थित एड्भान्स स्टडी अफ साइन्सेस (नर्सिङ कलेस) र विद्यार्थीहरु वीच भएको तनावको वारेमा विहीवार विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र प्रशासन वीच ८ बुँदे सहमति भएको छ ।
सहमतिमा होस्टेल वार्डेनलाई कलेजबाट तत्काल राजिनामा दिने र कलेज प्रशासनले गरेको त्रुटिको बिषयमा प्रशासनले लिखित रुपमा माफी माग्दै आगामी दिनमा यसलाई नदोहोर्याउने समेत सहमति भएको छ ।
सहमतिपत्रमा होस्टेलमा बस्दै आएका विद्यार्थीहरुको हकमा उनीहरुको परामर्शमा नियम लागु गर्ने, खानपिन लगायतका बिषयमा पारिवारिक वातावरण सिर्जना गर्ने, होस्टेललाई सर्वसुलभ बनाउने, विद्यार्थीहरुमाथिको अनावश्यक मानसिक दवाव रोक्ने, सिटिभिटीको न्युनतम मापदण्ड पुरा गर्ने लगायतका बिषयमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा कलेजको तर्फबाट प्रिन्सिपल सरस्वती सिग्देल, प्रबन्धक चेतनारायण भण्डारी र अखिल क्रान्तिकारीको तर्फबाट व्युरो संयोजक सुनिल बञ्जाडे, रुपन्देही अध्यक्ष रमेश गैरे लगायतले हस्ताक्षर गरेका छन् । केही दिन अगाडी कलेज प्रशासन विरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका थिए । अखिल क्रान्तिकारी रुपन्देही अध्यक्ष गैरले गलत गर्ने कलेजलाई कारबाही गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ