पेरिसडाँडाको जग्गा बेच्ने खेल सुरु भएको खुलासा, पूर्वएमाले नेताहरु सशंकित

पेरिसडाँडाको जग्गा बेच्ने खेल सुरु भएको खुलासा, पूर्वएमाले नेताहरु सशंकित

  • बिहिबार, असार १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

१४ असार,काठमाडौँ । पूर्व माओवादी केन्द्रका केन्द्रीय कार्यालय रहेको काठमाडौँ कोटेश्वरस्थित पेरिसडाँडाको जग्गा बेच्ने खेल सुरु भएको खुलासा भएको छ । पार्टी नेताहरुबीच पूर्व एमालेको धुम्बाराहीमा रहेको कार्यालयलाई मुख्य बनाउने र पेरिसडाँडालाई जबस कार्यालय राख्ने सहमति भएको थियो ।

पार्टी एकतापछि पेरिसडाँडा आफ्नै भएका कारण मुख्य कार्यालय राख्नुपर्ने बसह चलिरहेको बेला जग्गा बेच्ने खेल सुरु भएको हो । नेता शालिकराम जमकट्टेलको निर्देशनमा पेरिसडाँडाको २१ आना जग्गा बिक्री हुन लागेको स्रोतको दाबी छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पेरिसडाँडाको उक्त जग्गा तत्कालीन मजदुर नेता गणेश रेग्मीको नाममा फाइनान्स गरेर किनिएको थियो । पेरिसडाँडाको दुई कित्ता जग्गामध्ये कट्टेल र रेग्मी मिलेर बेच्न लागेको बताइएको छ ।

पार्टी कार्यालयका जग्गा बेच्न लागेको सूचना पाएपछि पूर्व एमाका नेताहरुले माओवादी केन्द्रका नेताप्रति संकाका दृष्टिले हेरेका छन् । जग्गा बिक्री–खरिदलाई धेरै नेताहरुले नजिकबाट नियाली रहेका छन् । तर, रेग्मी र कट्टेलले भने जग्गा खरिद गर्ने व्यक्तिसँग भने छलफल जारी राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ