नेपाल वायु सेवा निगमले वाइड बडी विमान भित्र्यायो, विमानस्थलमा भब्य स्वागत

नेपाल वायु सेवा निगमले वाइड बडी विमान भित्र्यायो, विमानस्थलमा भब्य स्वागत

  • बिहिबार, असार १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, असार १४ । नेपाल वायु सेवा निगमले वाइड बडी ‘ए ३३०–२००’ सिरिजको विमान भित्र्याएको छ ।

आज बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको नयाँ विमानलाई विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानको पूजासमेत गरिएको छ ।

निगमले नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिएको छ । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।

विमानको लागत २१ अर्ब ९० करोड रूपैयाँ परेको छ । नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २ सय ५६ सिट छन् ।

प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ ।

जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिने व्यवस्था छ ।

यो विमान लिन नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ र दुई जना नेपाली पाइलट फ्रान्स पुगेका थिए । तर, यो विमानलाई दुई जना विदेशी पाइलटले उडाएर ८ घण्टाको यात्रा तय गर्दै काठमाडौं ल्याएका हुन् ।

निगमले सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय गरेको थियो ।

अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै आइपुग्ने निगमले जनाएको छ ।

निगमले आफ्नो नयाँ विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी