काठमाण्डौ, असार १४ ।
आजदेखि मुलुकभर मनसुन फैलिएको जल तथा मौसम पूर्वानमान मशाखाले जनाएको छ । मनसुन सक्रिय भएकाले आजदेखि ३ दिनसम्म लगातार वर्षा हुने महाशाखाले जनाएको छ ।
जुन महिनाको दोस्रो हप्तादेखि पूर्वी भेगबाट नेपाल भित्रिएको मनसुन आजदेखि मुलुकभर फैलिएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
उहाँले आगामी ३ दिनसम्म मुलुकका अधिकाांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्व, मध्य र पश्चिमी क्षेत्रमा तीनै दिन वर्षा हुने उहाँले बताउनुभयो ।
दैनिक ५ देखि ५५ मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अघिल्ला वर्षहरुभन्दा यो वर्ष मनसुन २ दिन अघि सुरु भएपनि आजदेखि ३ दिनसम्म मुलुकभर लगातार वर्षा हुने सम्भावना रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline