नेपाली राजनीतिमा चर्चामा रहिरने जोडि मध्ये एक हो नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व माओवादी नेता डा बाबुराम भटट्राई र नेतृ हिसिला यमि ।
माओवादी जनयुद्धको बेलामा पनि चर्चामा रहेको यो जोडीले धेरै उतारचढाव सहित आफ्नो वैवाहिक जिवनको ४० बर्ष पार गरिसकेको छ ।
उनीहरुको २०३७ साल चैत्र १६ गते बिबाह भएको थियो । उक्त विवाहमा प्रस्तुत गरेको प्रतिज्ञा पत्र यस्तो रहेको थियो
पत्नी हिसिला यमीको जन्मदिनको अवसरमा डा भट्टराई ले यो पत्र सार्वजनिक गर्दै यस्तो स्टाटस लेखेकाछन ।
४० बर्षको मेरो तिमीसंगको सहकार्यको अनुभवले भन्छ – तिमी हाम्रो समय भन्दा अलिक पहिले जन्मेकी एक अद्भूत महिला हौ ! कतिपयले खराब नियतवश र कतिपयले हल्लैहल्लामा तिम्रो वदनाम गर्ने कोशिस गरे पनि अन्तत: इतिहासले तिमीलाई महिलामुक्ति र समग्र मानवजातिको मुक्तिकानिम्ति आफ्नो जीवन समर्पित गर्ने एक महान् महिलाको रूपमा स्थापित गर्नेछ!
म तिमीजस्तो जीवनसाथी पाएकोमा गौरवान्वित छु! भोलटेयरले आफ्नी प्रेमिकावारे बारे भनेको ( ‘She understands Newton, she makes me happy’!) उद्धरण सापट लिएर मलाई पनि तिमीबारे भन्न मन लाग्छ -She understands Marx, she makes me happy!

