१४ असार , धादिङ ।
धादिङको उत्तरी भेगमा पर्ने खनियाँवास र नेत्रावती डपजोङ गाउँपालिकामा अविरल वर्षापछि खसेको पहिरोले ५ जनाको मृत्य भएको छ ।
नियाँवास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा उनकी बुहारी र दुई नातिनीको पुरिएर मृत्यु भएको हो ।
गोलेकी वुहारी ३२ वर्षीया वसुदा, नातीनी ८ वर्षीया लक्ष्मी र ५ वर्षीया सरस्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोलेको १० वर्षिय नाती विकासको भने घाईते अवस्थामा उद्धार गरिएको छ । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङकाअनुसार, खनियाँवास–४ को चिउरीबोटमा पहिरोमा परी वेपत्ता सम्सेर घले र कोप्चि घलेको पनि मृत्यु भएको हो । बेपत्ता उनीहरुको शव आज बिहान भेटिएको हो ।
सोही गाउँपालिकाको दार्खामा पहिरोले दिपक गोतामेको घर पहिरोले वगाएको छ । पहिरोमा परी ५ जना घाईते भएका छन् ।
वर्षातका कारण जिल्लाको उत्तरी भेग तर्फ जाने सवै सडक अवरुद्ध भएकोले सदरमुकामबाट जान सकेका छैन ।
ईलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोली बाट भने प्रहरी चिउरी खर्क पुगिसकेको छ भने साईश्वाारा भने अझै पुग्न सकेका छैन ।
घाईतेहरुको उद्धारका लागी हेलिकप्टर मगाईएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताउनुभयो ।