कास्कीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

कास्कीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

  • बिहिबार, असार १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.9K
    SHARES

पोखरा, १४ असार ।

कास्कीको पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनमा सावारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ग१ख २८९६ नम्बरको पानी ट्याङकर ध१प ५०२१ नम्बरको मोटरसाइकल र ग४प ८७३८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको हो ।

उक्त दुर्घटनामा परि गम्भिर घाईते भएका ध१प ५०२१ नम्बरको मोटरसाइकल चालक म्याग्दी बरन्जा–१ का २४ वर्षीय धन बहादुर छन्त्यालको उपचारको क्रममा मणिपाल अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा पछाडी सवार म्याग्दी दाना–७ की २५ बर्षीया बिन्द्रा थापाको गएराति नै अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा संलग्न तीनैवटा सवारी साधन तथा ट्याङकर र अर्का मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ