पहिरोका कारण पासाङल्हामु राजमार्ग अबरुद्धः ३० भन्दा बढी कन्टेनर सडकमै अलपत्र, सडक खुलाउने प्रयास जारी

पहिरोका कारण पासाङल्हामु राजमार्ग अबरुद्धः ३० भन्दा बढी कन्टेनर सडकमै अलपत्र, सडक खुलाउने प्रयास जारी

  • बिहिबार, असार १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 23K
    SHARES

रसुवा, १४ असार ।

अविरल वर्षासँगै गएको पहिरोका कारण पासाङल्हामु राजमार्ग अबरुद्ध बनेको छ ।
कालिका गाउँपालिका–१, राम्चेदेखि ग्राङसम्मको करीब छ किमी भूभाग सडक क्षेत्रका बिभिन्न स्थानमा पहिरोले पुर्दा केरुङबाट सामान लिई आएका ३० भन्दा बढी कन्टेनर सडकमै अलपत्र परेका छन् ।
अबरुद्ध सडक सञ्चालनका लागि आज बिहानदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनु भयो ।

उहाँका अनुसार गएराति परेको भीषण वर्षाले राम्चेदेखि ग्राङसम्मको करीब छ किमी भूभाग सडक क्षेत्रका ठाउँठाउँमा भलपानीसँगै माथिबाट आएको पहिरोले सडक पुरेको छ ।
सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको उहाँले बताउनु भयो ।

केरुङबाट स्याउ बोकी आएको एक कन्टेनर ट्रक राम्चेको ठाडो खोलाले बगाएको र एउटा बोलेरो जिपलाई सडक सतहमै सामान्य क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

केरुङबाट सामान लिई आएका कन्टेनर सँगै दर्जन बढी सवारी साधन बीच बाटोमा नै फसे काले छिटोभन्दा छिटो पासाङल्हामु राजमार्ग खुलाउने प्रयासका लागि सडक कार्यालयको डोजरका साथसाथै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।

दैनिकरुपमा नियमित चल्ने बस सेवासमेत प्रभावित हुँदा यात्रु आफ्नो गन्तव्यतर्फ जान सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ