पहिरोमा पुरिएर धादिङमा एकै परिवारका ३ जनाको मृत्युः सात घर पुर्‍यो-श्रीमान श्रीमती वेपत्ता, चार जना घाईते

पहिरोमा पुरिएर धादिङमा एकै परिवारका ३ जनाको मृत्युः सात घर पुर्‍यो-श्रीमान श्रीमती वेपत्ता, चार जना घाईते

  • बिहिबार, असार १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

१४ असार , धादिङ ।

अबिरल वर्षापछि गएको पहिरोमा पुरिएर उत्तरी धादिङको साईश्वाँरामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

खनियाबास गाउँपालिका वडा नं ५ साईश्वाँरामा पहिरोमा पुरिएर राजकुमार गुरुङका श्रीमती ३३ वर्षीय बसुदा गुरुङ, उनका छोरीहरू १० वर्षीय लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङको मृत्यु भएको हो ।

पहिरोमा परि राजकुमारका छोरा १२ वर्षीय विकास गुरुङ घाईते भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिनुभयो ।
उनीहरुको किन्ताङफेदीमा रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

खनियाबास ४, चिउरीबोटमा पनि पहिरोका कारण दुई जना बेपत्ता भएका छन् । गोठमा सुतिरहेका ६५ वर्षीय शमशेर घले र उनका श्रीमती ६२ वर्षीय कोप्ची घले बेपत्ता भएका हुन् ।

उनीहरूको खोजी कार्य समेत भइरहेको धादिङका प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो ।

पहिरोमा परि ४ जना घाईते भएका छन् । घाईतेहरुको किन्ताङफेदीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

अविरल वर्षापछि जिल्लाको नेत्रावती गाउँपालिकास्थित सत्यदेवी, मार्पाकमा पनि पहिरोले घर बगाएको प्रहरीले जानकारी दिएको छ । वर्षापछि जिल्लाको उत्तरी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । अघिल्ला वर्षहरूमा पनि उत्तरका बस्तीहरुमा पहिरोका कारण बस्ती नै जोखिममा परेका थिए ।

यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षातका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर चल्न छाडेको छ । इलाका प्रहरी कार्यालय, दार्खाको प्रहरी टोली चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरा भने अझै पुग्न सकेको छैन ।

घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा जतिसक्दो छिटो प्रहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ