भारतीय माओवादीको एम्बुसमा परी सेनाका ६ जना कमाण्डरको मृत्यु 

भारतीय माओवादीको एम्बुसमा परी सेनाका ६ जना कमाण्डरको मृत्यु 

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

१३ असार,काठमाडौँ । झारखण्ड र छत्तिसगढ राज्यको सीमामा पर्ने बुरा पहार क्षेत्रको गह्र्वा तुमेर गाउँमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारको एम्बुसमा परी भारतीय सेनाका ६ जनाको मृत्यु भएको छ ।

एम्बुसमा परेर दर्जनौं घाइते भएका छन् । मृत्यु हुनेमा अपरेसनको लागि तालिम प्राप्त कमाण्डर रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

गाउँमा माओवादी खोज्दै गएको सेन्ट्रल रिजर्व फोर्स अन्तर्गत ‘झारखण्ड जगुवार फोर्स’ को विशेष दस्ताको गाडी ल्यान्ड माइनमा परेको थियो । सरकारी सुरक्ष बल र माओवादी सेनाबीच दोहोरा भिडन्त समेत भएको थियो । एम्बुस र दोहोरो भिडन्तमा परी सरकारी सुरक्षा बलका ६ जना घटनास्थलमै मृत्यु भएको हाे

दोहोरो भिडन्त लामो समयसम्म जारी रहेपनि सरकारले थप सुरक्षा फौज पठाउन सकेको थिएन । स्थानीलाई उदृत गर्दै संचारमाध्यमहरुले दर्जनौं घाइते भएका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

आगामी केन्द्रीय चुनावसम्म माओवादीलाई समाप्त पार्ने योजना प्रधानमन्त्री नरेन्द्र मोदीले बनाएका छन् । मोदीले ‘अपरेसन ग्रिन हन्ट–३’ जारी राखेपनि माओवादीले भने ठाउँठाउँमा सरकारी सुरक्षा फौजमाथि आक्रमण जारी राखेका छन् । मोदीले सन् २०१९ सम्म माओवादीलाई समाप्त पार्ने योजना बनाएका छन् ।

यसअघि सन् २०१६को मे महिनामा सोही स्थानमा माओवादी एम्बुसमा परी सरकारी सुरक्षा बलका ७ जनाको मृत्यु भएको थियो ।

माओवादीलाई समाप्त पार्ने योजनासहित गाउँमा सरकारले दमन बढाएको छ । माओवादीको पछिल्लो पटक बौद्धिक वर्ग र सहरमा आफ्ना गतिविधिलाई बढाएका छन् । जनमेलका अनुसार दिनअघि मात्र ५ जना बुद्धिजीवीलाई माओवादीको आरोपमा धरपकड गरिएको छ ।

मोदी सरकारले दमनसँगै लोभलालच, प्रचार आतंक भ्रम फैलाइरहेको छ । केही दिन माओवादीले कारवाही नगरेपछि उत्साहित भएका प्रधानमन्त्री मोदी पछिल्लो कारवाहीपछि तनावमा रहेको बताइएको छ ।

भारतीय माओवादीले जुन २६ देखि एक हप्ते प्रतिरोध अभियान सुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ