बाजुरामा जीप दुर्घटना हुँदा वडाअध्यक्षसहित २ जनाको मृत्यु, ७ घाइते 

बाजुरामा जीप दुर्घटना हुँदा वडाअध्यक्षसहित २ जनाको मृत्यु, ७ घाइते 

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

१३ असार,काठमाडौँ ।  त्रिवेणी नगरपालिका पीपलसैनमा आज साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ ।

बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा त्रिवेणी–१ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका–३ बस्ने एक महिला रहेका छन् । महिलाको नाम खुलेको छैन् ।

जिप सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । दुर्घटनामा परी त्रिवेणी नगरपालिका–३ का वीरबहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र जिप चालक चन्द्रमणि गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल अछाम लगिएको छ ।

मृतक वडाध्यक्ष नेपाली नेपाली काँग्रेसको तर्फबाट विजयी भएका हुन् । जिपमा सात जना सवार रहेको प्रहरीले जनाएको छ । चिप्लो र उकालो सडक भएकाले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुने सक्ने अनुमान गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ