चन्द्रमामा पाइला टेक्ने एल्ड्रिनविरुद्ध मुद्दा, विवाह गर्न नदिएको आरोप

चन्द्रमामा पाइला टेक्ने एल्ड्रिनविरुद्ध मुद्दा, विवाह गर्न नदिएको आरोप

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

१३ असार,काठमाडौँ । चन्द्रमामा पाइला टेक्ने अमेरिकी अन्तरिक्षयात्री बज एल्ड्रिनलाई छोराछोरीले गम्भीर धोका दिएका छन् । छोरा एन्ड्र्यु, छोरी जेनिसले आफ्नो दुर्नाम गरेर सम्पती हत्याउने प्रयास गरेको एल्ड्रिनले बताएका छन् । छोराछोरीले पूर्वप्रबन्धक क्रिस्टिना कोर्पसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको एउटा अन्तरतवार्तामा बताएका छन् ।

छोराछोरीले आफूलाई विवाह गर्न नदिएर आफ्नो निजी प्रेमसम्बन्धको अनादर गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका छन् । बीबीसीका अनुसार बृद्ध एल्ड्रिनले आफ्ना छोराछोरीले भूतपूर्व प्रबन्धकसँग मिलेर सम्पत्ति हत्याएको र आफूलाई दुर्नाम गरेको भन्दै कानुनी उपचार खोजेका छन् ।

एल्ड्रिनले छोरा एन्ड्र्यु र कोर्पले लाखौँ डलर पर्ने अन्तरिक्षसँग सम्बन्धित वस्तुहरू र अन्तरिक्षबाट ल्याइएका आफ्ना चिनोहरू एवम् आर्थिक गतिविधिमाथि अनुचित ढङ्गले नियन्त्रण गरेको दाबी गरेका छन् । उता ६० वर्षीय एन्ड्र्यु र जेनिसले आफ्ना बुबाले पछिल्लो समयमा नयाँ साथीहरूसँग घनिष्ठ हुन थालेका र उनीहरूले उनलाई परिवारबाट अलग्याउन खोजेको उजुरीमा उल्लेख गरेका छन् ।

गत हप्ता ‘वाल स्ट्रीट जर्नल’मा प्रकाशित एउटा अन्तर्वार्तामा एल्ड्रिनले ‘कसैले पनि मलाई आफ्नो अभिभावकत्वमा राख्छु भनेर नसोचे हुन्छ’ भन्ने आशय व्यक्त गरेका छन् ।

छोरा एन्ड्र्युले नियतवश छलकपट गरेर वा तर्साएर सम्पत्ति हत्याएको एवम् छोरी जेनिसले जालझेल गरेको र आफ्नो आर्थिक हितका लागि काम नगरेको आरोप उनले लगाएका छन् । उनका जेठा छोरा भने यो विवादमा परेका छैनन् ।

अदालतबाट नियुक्त भएका एक मानसिक स्वास्थ्य विशेषज्ञले यो हप्ता एल्ड्रिनको परीक्षण गर्ने बताइएको छ । एउटा विज्ञप्तिमा एल्ड्रिनका छोराछोरीले सो ‘अनुपयुक्त मुद्दा’ बाट आफू दुःखित भएको जनाएका छन् ।

मङ्गल ग्रहमा मानव बसोबासका पक्षमा अभियानरत एल्ड्रिन सन् १९६० मा एपोलो ११ अभियान अन्तरगत नील आर्म्स्ट्रङसँगै चन्द्रमामा पाइला टेकेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ