कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने पेट्रोल पम्प सञ्चालनहरुलाई कावारही गर्ने नेकपाको चेतावनी

कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने पेट्रोल पम्प सञ्चालनहरुलाई कावारही गर्ने नेकपाको चेतावनी

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

प्रकाश डुम्रे/१३ असार,बुटवल ।

नेपाल कम्युनिस्ट पार्टीले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने पेट्रोल पम्प सञ्चालनहरुलाई कावारही गर्ने चेतावनी दिएको छ ।

नेकपाले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले पेट्रोलियम व्यवसायीले योजनाबद्ध रुपमा नाफा र कमिशन कमाउने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्दै आएकोले त्यस्ता व्यवसायीलाई कार्वाहि गर्ने चेतावनी दिएको हो ।

अवध स्वायत्त प्रदेश अन्तरगत कपिलवस्तु जनपरिषदले विज्ञप्ति जारी गर्दै कमिसन खाएर रातारात करोडपति बन्ने सपना देखेर जनतालाई दुःख दिने कार्य रोक्न चेतावनी दिएको छ । जनपरिषद प्रमुख शंखप्रसादको हस्ताक्षर रहेको बिज्ञप्तीमा व्यवसायीले गलत कार्य तत्काल नरोके जनकारवाही गर्ने उल्लेख छ ।

कपिलवस्तु जिल्लामा सोहि क्षेत्रका दलालहरुको मिलेमतोमा पेट्रोल पम्पहरुमा कृतिम रुपमा पेट्रोलियम पदार्थको अभाव बनाई आम नागरिकलाई दुःख दिने काम गरिरहको भन्दै उहाँले यस्तो कार्य तत्काल रोक्न माग गर्नुभएको छ ।

यस्तै स्थानीय निकायमा असारे बजेट सक्न जथाभावी बजेट खर्चेर ठेकदार र कर्मचारीको मिलेमत्तोमा अनियमितता बढाउँदै लगेको भन्दै उक्त कार्यप्रति पनि जनपरिषद्ले ध्यानाकर्षण भएको समेत बताएको छ ।

जनताको ढाड सेक्ने गरि दैनिक उपभोग्य समानमा बढेको महङ्गि तत्काल रोक्न पनि सरकार सँग माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ