गद्दी बैठक आज सरकारलाई हस्तान्तरण गरिदै

गद्दी बैठक आज सरकारलाई हस्तान्तरण गरिदै

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडौ, असार १३ ।
पुरानै स्वरुपमा तयारी पारिएको १ सय १० वर्ष पुरानो गद्दी बैठक आज सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिदै छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको हनुमानढोका दरबार परिसरमा रहेको गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएसँगै आज सरकारलाई हस्तान्तरण गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हस्तान्तरण हुन लागेको उक्त गद्दी बैठक सांस्कृतिक सम्पदा पुनर्निर्माणको ठूलो परियोजना मध्येको एक हो ।

‘रेट्रोफिटिङ’ गरेर पुरानै स्वरुपमा बैठक कक्षको आवरण तथा भित्री स्वरुप निर्माण गरिएको छ । ’मियामोटो ग्लोबल डिजास्टर रिलिफ’को प्राविधिक सहयोगमा गद्दी बैठक पुनर्निर्माण भएको हो ।

पुनर्निर्माणको आर्थिक सहायता भने अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषले गरेको हो । गद्दी बैठक पुनर्निर्माण सन् २०१७ को अक्टोबरमा सुरु गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ