मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशगमा रोक लगाउने राष्टपतिको निर्णय अदालतद्धारा सदर

मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशगमा रोक लगाउने राष्टपतिको निर्णय अदालतद्धारा सदर

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, असार १३ ।
अमेरिकाको सर्वोच्च अदालतले केही मुस्लिम वाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय सदर गरेको छ ।

मुस्लिम वाहुल्य ६ वटा देशसहित विभिन्न आठ देशका यात्रुविरुद्ध राष्ट्रपतिले लगाएको प्रतिबन्ध सर्वोच्च अदालतको झिनो बहुमतको फैसलाले सदर गरेको हो ।

सर्वोच्च अदालतका ९ जना न्यायाधीशको इजलासमा सुनुवाई भएको सो विषयमा राष्ट्रपति ट्रम्पले गरेको निर्णयका पक्षमा ५ जना न्यायाधीश रहेका थिए । यसलाई ट्रम्पको राष्ट्रपतीय कार्यकालमा हालसम्मकै सबैभन्दा ठूलो विजय मध्येको एक मानिएको छ ।

मुद्दाको फैसला लेख्न न्यायाधीश जोन रोबर्टस्ले मुस्लिम वाहुल्य भएका देशका नागरिकलाई अमेरिकामा आउन नदिने ट्रम्पको निर्णय राष्ट्रपतिको अधिकारको विषय भएको बताउनु भएको छ ।

अदालतको फैसलामा राष्ट्रपतिले लागू गर्न खोजको यात्रा प्रतिबन्धबाट अमेरिकी आप्रवासन कानुन वा देशको संविधानको प्रथम संशोधन बमोजिम सरकारले कुनै पनि धर्मको पक्ष लिन नहुने भन्ने प्रावधानको उल्लंघन नभएको उल्लेख छ ।

पाँच जना न्यायाधीशहरुको समर्थनसहित एक मतको बहुमतबाट आफ्नो नीतिको पक्षमा फैसला आएपछि राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् खुसी व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति ट्रम्पले गत वर्ष सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनु भएको थियो ।

राष्ट्रपतिको निर्णय गैरकानुनी भएको भन्दै तल्ला तहका अदालतले भने राष्ट्रपतिको निर्णय गलत ठह¥याएका थिए ।

तर, सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णयलाई सदर गरेपछि अमेरिकामा यो विषयको बहस तत्कालका लागि अन्त्य भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ