बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिदै

बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिदै

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं, असार १३ ।
विनियोजन विधेयकको विभिन्न मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा आज १२ विभागीय मन्त्रीले जवाफ दिदै छन् ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सांसदहरुको जवाफ दिने क्रम हिजोबाट सुरु भएको हो । तीन दिने कार्यतालिका अनुसार आज १२ मन्त्रीले जवाफ दिनेछन् ।

आज संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन तथा वातावरण मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभागीय मन्त्रीले जवाफ दिनेछन्।

यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ, परराष्ट्र, गृह, स्वास्थ्य तथा जनसंख्या, र रक्षा मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् ।
भोली प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको बजेट शीर्षकमा उठेका प्रश्नमा प्रधानमन्त्री वा उनले तोकेको मन्त्रीले जवाफ दिनेछन् ।

यसअघि हिजो सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, कानुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ