चितवन, १२ असार । अाफुहरू प्रहरी भएकाे बताउदैँ चितवनमा दुई युवकबाट एक महिलालाइ जंगलमा लगेर बलात्कार गरेका छन् ।
घुमुवा प्रहरी बनेर राति घरमा आएका उनीहरूले श्रीमानलाई कुटपीट गरी श्रीमतीलाई थाङखोलाको जंगलमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
गएको बुधवार राति ती महिलाको घरमा पुगेका दुई युवकले आफूहरु घुमुवा प्रहरी भएको र एउटा घटनाको अनुसन्धानको सिलसिलामा लिन आएको भन्दै महिलाको श्रीमनलाई घरबाट लिएर गएका थिए । तर श्रीमानलाई कुटपिट गरेर बाटोमा नै छाडी पुनः घरमा गएर श्रीमतीसँग ‘तेरो श्रीमान भाग्यो अब तँ हामीसँग इलाका प्रहरी कार्यालय टाँडी जानुपर्छ’ भन्दै महिलालाई मोटरसाइकलमा राखेर जंगल पर्याइ बलात्कार गरेका थिए ।
पीडितको उजुरीको आधारमा प्रहरीले कालिका नगरपालिका ३ बस्ने २३ बर्षीय प्रितम थिङलाई पक्राउ गरेको छ भने अर्का युवक फरार रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।