तारीख बुझ्न जाँदा नेकपा नेतृ खड्का नावालक छोरी सहित अदालतबाटै गिरफ्तार

तारीख बुझ्न जाँदा नेकपा नेतृ खड्का नावालक छोरी सहित अदालतबाटै गिरफ्तार

  • मङ्लबार, असार १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 30.6K
    SHARES

ईटहरी, १२ असार ।
नेपाल कम्युनिष्ट पार्टी( नेकपा) की नेतृ शिव खड्का (वीरता) लाई दुई बर्षे छोरी सहित प्रहरीले आज अदालत परिसरबाटै गिरफ्तार गरेको छ ।

२९ दिन हिरासतमा राखेर रिहा गरिएकी यहि जेठ २८ गते साधारण तारिखमा रिहा भएकी सुनसरीको इटहरी उपमहानगर कमिटीकीसेक्रेटरी शिव खड्कालाई प्रहरीले अाज अदालतबाटै गिरफ्तार गरेको हो ।

यहि वैशाख ३१ गते ईटहरीबाट गिरफ्तारमा परेकी उनलाई जिल्ला अदालत इनरुवाले रिहा गरेलगत्तै पुनः गिरफ्तार गरि झापाको गौरिगन्ज पुर्याएर गत जेठ २८ गते तारेखमा रिहा गरिएको थियो ।

तारिखमा गएकी खड्कालाई प्रहरीले गिरफ्तार गरेर बेपत्ता पारेको भन्दै नेकपा सुनसरीले घोर आपत्ति प्रकाट गरेको छ ।
नेकपाले खड्कालाई नावालक छोरी सहित अदालत भित्रबाटै गिरफ्तार गर्नु अमानवीय कार्य भएको भन्दै घोर निन्दा र आपत्ती पनि जनाएको छ ।

नेकपा सुनसरीका जिल्ला सेक्रेटरी पवनले नेतृ खड्कालाई सार्वजनिक गरी रिहाको माग गर्नुभएकाे छ । उहाँले पार्टीका नेता-कार्यकर्तालाई गिरफ्तार गरी बेपत्ता पार्ने कार्य नरोके जवाफ दिन बाध्य हुने चेतावनी समेत दिनुभयाे ।

उहाँले प्रहरी प्रशासनको धरपकड र ज्यादती बढेको भन्दै बिना कारण नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने काय बन्द गर्न पनि चेतावनी दिनुभएको छ । यस्तो कार्य जारी रहे शसक्त प्रतिकारमा उत्रने पनि उहाँको चेतावनी छ ।
प्रदेश १ मा सबैभन्दा धेरै नेकपा नेता कार्यकर्ता सुनसरीबाट गिरफ्तारमा परेका छन् । अहिले पनि गिरफ्तार परेका ९ जना हिरासतमा नै रहेको नेकपा सुनसरीले जनाएको छ ।

  • फाइल फाेटाे

 

याे पनि पढ्नुहाेस्र ।

दुई बर्षे छोरीसहित पक्राउ परेकी नेकपा नेतृ वीरता २९ दिनपछि झापाबाट रिहा, ९ जना अझै प्रहरी नियन्त्रणमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ