सुन तस्करी प्रकरण: विवाह स्थलबाटै वीरगञ्जका व्यवसायी राजु दारुका पक्राउ

सुन तस्करी प्रकरण: विवाह स्थलबाटै वीरगञ्जका व्यवसायी राजु दारुका पक्राउ

  • मङ्लबार, असार १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

१२ असार, काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गरिरहेको विशेष अनुसन्धान समितिले वीरगञ्जका व्यवसायी राजु दारुका लाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै पक्राउ गरिएको थियो ।

यसअघि पक्राउ परेका हुन्डी कारोबारीहरुले उनको नाम लिएपछि दारूका पक्राउ परेको स्रोतको भनाइ छ । उनले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको समितिको आशंका छ ।

स्रोतका अनुसार उनको वीरगञ्जको लोहरपट्टी रोडमा साई ज्वेलर्स र कृष्ण बुलियन नामक ज्वेलरी पसल छ । उनी वीरगञ्जमा ठूलो एवं प्रतिष्ठित सुन कारोबारीका रूपमा चिनिन्छन् ।थप केही व्यवसायी पनि समितिको निगरानीमा रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ