एजेन्सी, असार १२ ।
इरानमा मूल्यवृद्धि र मुद्राको अवमुल्यनको विरोधमा विशाल प्रदर्शन भएको छ । राजधानी तेहेरानमा पसलहरु बन्द गरिएको छ भने हजारौं मानिस प्रदर्शनमा सहभागि भएका छन् ।
सन् २०१२ यताको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताइएको छ । संसद् भवन अगाडि बढिरहेका प्रदर्शनकारीलाई तितर वितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
आणविक कार्यक्रमलाई लिएर अन्तर्रा्ष्ट्रिय समुदायले लगाएको प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था नराम्ररी प्रभावित भएको छ ।
सन् २०१६ मा अन्तर्रा्ष्ट्रिय समुदायसँग भएको सम्झौतापछि आर्थिक प्रतिबन्ध खुकुलो पारिए पनि गत मे मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौताबाट अलग्गिएको घोषणा गर्दै प्रतिबन्ध कायमै राखेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline