‘गार्ड अफ अनर’ थाप्न पुगेका प्रधानमन्त्री मोदीका अगाडि सिपाही ढलेपछि…

‘गार्ड अफ अनर’ थाप्न पुगेका प्रधानमन्त्री मोदीका अगाडि सिपाही ढलेपछि…

  • सोमवार, असार ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

नयाँ दिल्ली, ११ असार

सेसेल्सका राष्ट्रपति ड्यानी फार आफ्नो पहिलाे भारत भ्रमणका क्रममा  सोमवार नयाँ दिल्ली अाइपुगेका छन् ।

राष्ट्रपति भवनमा उनको स्वागतका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्द त्यहाँ उपस्थित थिए । राष्ट्रपति भवनमा गार्ड अफ अनर दिने क्रममा भारतीय वायुसेनाका एक जवान गर्मीले बेहोस भएर लडे । कार्यक्रम समाप्त भएपछि मोदी ढलेका ती जवान नजिक पुगेर उनको अवस्थाबारे जानकारी लिन पुगे ।

मोदीले ती जवानसँग आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री कार्यालयलाई उधृत गर्दै लेखिएको समाचार अनुसार केही मिनेट ती जवानसँगै रहेपछि मोदी आफ्नो सरकारी निवासतर्फ लागेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति ड्यानी फारको बैठकपछि दुवै देशले छ सम्झौतामा हस्ताक्षर गरेका छन् । यस क्रममा भारतले सेसेल्सको समुद्री सुरक्षा क्षमता बढाउन १० करोड डलर ऋण दिने घोषणा गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ