टर्कीको राष्ट्रपतिमा अर्दोगान दोस्रो कार्यकालका लागि पनि निर्वाचित

टर्कीको राष्ट्रपतिमा अर्दोगान दोस्रो कार्यकालका लागि पनि निर्वाचित

  • सोमवार, असार ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी, असार ११ ।
टर्कीको राष्ट्रपतिमा रिसेप तैयेप अर्दोगान दोस्रो कार्यकालका लागि पनि निर्वा्चित हुनु भएको छ । अर्दोगान ५३ प्रतिशत मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वा्चित हुन भएको हो ।

उहाँको निकटतम् प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत मात्र प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगलाई उद्धत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्दोगानले आफ्नो पार्टीको शासकीय गठबन्धनले संसद्मा समेत बहुमत सुरक्षित गरेको दाबी गर्नु भएको छ । यद्यपी विपक्षीले भने उहाँको दाबी गलत भएका टिप्पणी गरेका छन् ।

टर्कीमा राष्ट्रपति र संसदीय निर्वाचन एकै साथ भएको थियो । निर्वाचनमा विजयी भएपछि असफल सैनिक कू पछि संसद् समेतको शक्ति हत्याएर विपक्षी आवाजलाई निस्तेज बनाएको आरोप खेपिरहेका अर्दोगानको सत्ता थप पाँच वर्ष लम्बिने निश्चित भएको छ ।

सन् २०१६ को जुलाईमा गरिएको असफल सैन्य कू पछि टर्कीमा संकटकालीन अवस्था जारी रहेको छ । यो निर्वाचन सन् २०१९ मा हुनुपर्ने भए पनि अर्दोगानले अगाडि नै गराउनु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ