काठमाण्डौ ।
सार्वजनिक सवारी साधनमा सिट सङख्या भन्दा बढी यात्रु हाल्ने र सिटमा बस्न पाउने कुरामा बिबाद भएको त हामिले प्राय देखि नै रहेका हुन्छौ । आफ्नो मान्छे भयो भने अझ अन्य यात्रुलाई मिलाएर भए पनि गाडि दौडाउछन् तर अहिले प्लेनमा समेत बस्ने सिटको बिषयलाई झगडा भएको भने नौलो घटना नै हो ।
यहि असार ४ गते (१८ जुन २०१८) मा बिहान सिमराबाट काठमाण्डौ आउन लागेको नेपाल वायुसेवाको विमानमा सिटको बिषयमा बिबाद भएको छ ।
बिहान १० बजे उड्नु पर्ने नेपाल वायुसेवाको सानो १७ सिटे विमान लगभग करिब एक सवा घण्टा ढिलो उड्यो । सो विमान ढिलो उड्नुको कारण थियो, निगमका एक कर्मचारीलाई काठमाडौं जानुपर्ने भएकाले ।
उक्त विमानमा पहिला नै सबै टिकट विक्रि भईसकेको रहेछ । सवै यात्रु आ—आफ्नो सिटमा आएर बसिसकेका थिए ।
जसमध्ये करिव चार पाच जना बच्चा टिकट नै काटेर अविभावकसँगै सिटमा बसेका थिए । विमान उड्ने तयार हुँदै गर्दा बायुसेवा निगमकी एक कर्मचारी विमान भित्र पसेर यात्रुलाई एक सिट खाली गराउन दवाव दिन्छिन् ।
उनलाई परिचारिकाले समेत सहयोग गर्छिन् । उनिहरुले पटक पटक यात्रुलाई एक सिट खाली गराईदिन भन्छन् । सिटमा रहेका कुनै पनि एक बच्चालाई काखमा राख्न उनका अभिभावकलाई दवाव दिन दिन्छन् तर ती अभिभावक आफुहरुलाई अप्ठेरो हुने बताउदै त्यसैका लागि त टिकट काटेर सिटमा बसाएको जवाफ दिन्छन् ।
बिमान सेवाको एक जना इन्जिनियर काठमाडौं जानुपर्ने भएकोले सिटमा बसेका कुनै एक बच्चालाई काखमा लिन या एउटा सिटमा दुई बच्चालाई बस्न धेरै पटक दवाब दिएपछि अन्य यात्रुले पनि त्यसको बिरोध गर्छन् ।
त्यसलगत्तै इन्जिनियर जहाज भित्र पस्छन् र आफु जसरी पनि काठमाडौं जानू पर्ने भएकोले कुनै एक यात्रुलाई अफलोड गर्न कर्मचारीलाई आदेश दिन्छन । उनले पनि नसकेपछि विमानका पाइलट पनि आउछन् र एक जनालाई अफलोड गर्न निर्देशन दिन्छन् ।
पहिला टिकट पुरा काट्ने अनि काखमा बस्न लगाउने, तिमीहरुको कर्मचारी लैजान सिटमा बसिसकेको यात्रुलाई अफलोड गराएर गाईजात्रा देखाउने’ भन्दै सब यात्रीहरु एकसाथ कराए पछि उनिहरु विमानबाट उत्रिन्छन् ।
हेर्नुस् भिडियो ।
भिडियो: दमन बस्नेत