काठमाडौं असार ११।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल आज सकिदै छ । छलफल हिजै सक्ने तयारी भएपनि चीन भ्रमणमा सहभागी मन्त्रीले सम्हालेका मन्त्रालयमाथिको छलफल नसकिएकाले एक दिन लम्बिएको हो ।
बैठक बिहान ११ बजेका लागि बोलाईएका संघीय संसद सचिवालयले जनाएको छ । आज भौतिक योजना तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय माथि विनियोजित रकम र शीर्षक माथि छलफको कार्यसूचि छ ।,
यस्तै आजै राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालयमाथिको विनियोजित रकम र शीर्षकमाथि पनि छलफलको कार्यसूची रहेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।
छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले भोलीबाट जवाफ दिनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline