विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न सुझाव

विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न सुझाव

  • आइतवार, असार १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, १० असार  । 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका शीर्षकमाथि छलफल भयो ।

छलफलमा नेकपाका राधा ज्ञवालीले विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न माग गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निजी क्षेत्रसँग करीब ९०० मेगावाटका विद्युत् आयोजनामा लगानी ल्याउने सहमति हुनु सकारात्मक हो भन्नुभयो ।

राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले परराष्ट्र सेवालाई समावेशी बनाउन बजेट विनियोजन हुनुपर्ने बताउनुभयो । उहाँले सरकारलाई कुनै मुलुकप्रति नजिक नभई राष्ट्रवादीरुपमा काम गर्न आग्रह गर्नुभयो ।

छलफलमा विमलप्रसाद श्रीवास्तव, लालबहादुर थापा, सत्यनारायण खनाल, यज्ञबहादुर बोगटीलगायतले भाग लिनुभएको थियो । ती मन्त्रालयमाथिको छलफल आगामी बैठकमा जारी रहनेछ ।

सभामुख कृष्णबहादुर महराले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको छलफल यही असार ११ गतेको बैठकमा हुने जानकारी गराउनुभयो । अर्काे बैठक असार ११ गते सोमबार बिहान ११ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी