एजेन्सी, असार १० ।
साउदी अरबका महिलाले औपचारिक रुपमा सवारी चालाउन अनुमति पाएका छन् । सवारी चलाउन बञ्चित उनीहरुलाई सरकारले लाईसेन्स वितरण गरेसँगै मध्यरातीबाटै रियादका सडकमा महिलाले चलाएको गाडी सञ्चालन भएका हुन् ।
योसँगै विश्वमा महिलालाई सवारी सञ्चालनको अनुमति नदिने एक मात्र मुलुक साउदी अरबमा महिलाका लागी ड्राईभरको व्यवस्था गर्नुपर्ने बाध्यता हटेको छ । महिलालाई सवारी चालक अनुमतिका लागी वर्षाैं देखि अधिकारकर्मीले अभियान चलाएका थिए ।
अभियानको नेतृत्व गरेका ८ महिला अधिकारकर्मीलाई प्रशासनले नियन्त्रणमा लिएर आतंकवादसम्बन्धी मुद्दा नै चलाएको थियो । पुरुष अभिभावकको अनुमति लिएरमात्रै यात्रा अनुमति दिईने नियम हटाउन अधिकारकर्मी लागि परेका थिए ।
सवारी चलाएका कारण सयौं महिलालाई पक्राउ गर्ने मुलुक साउदीमा अन्ततस् महिलाहरु गएरातीबाट स्टेरिङ समाउदै सडकमा निस्किएका हुन् ।
प्रतिबन्ध हटेसँगै रियादका सडकमा गाडी लिएर मध्यराती देखि नै निस्कदै स्थानीय महिलाहरुले स्वतन्त्र भएको संदेश दिएका थिए ।