चितवन, ९ असार ।
चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि गएका एकजनाको मृत्यु भएको छ ।
होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिनुभयो ।
आज बिहान मनकामना दर्शन गर्ने योजना सहित होटलमा परिवारसहित बसेका बस्नेत गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका थिए ।
उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline