१६ युरोपेली राष्ट्रका नेता आप्रवासी संकटबारे शिखर सम्मेलनमा सहभागी हुँदै, ४ राष्ट्रले गरे बहिस्कार

१६ युरोपेली राष्ट्रका नेता आप्रवासी संकटबारे शिखर सम्मेलनमा सहभागी हुँदै, ४ राष्ट्रले गरे बहिस्कार

  • शनिबार, असार ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

ब्रसेल्स, असार ९ ।

आप्रवासी संकटबारे छलफल गर्न १६ युरोपेली राष्ट्रका नेताहरुले ब्रसेल्समा हुने शिखर सम्मेलनमा भाग लिने भएका छन् । युरोपेली संघ (इयू) का १६ मुलुकका नेताले आइतबार हुने शिखर सम्मेलनमा भाग लिने संकेत गरेका हुन् ।

यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड जंकरले आप्रवासी संकटबारे शुरुमा आठ मुलुकबीच छलफल गरेको जानकारी दिदैँ अहिले १६ वटा मुलुक अनौपचारिक छलफल गर्न तयार रहेको बताउनु भयो ।

इयू सदस्य राष्ट्रमध्ये सबैभन्दा आप्रबासीका कारण ग्रीस र इटालीमाथि भार परिरहेका छ ।
शुरुमा बेल्जियम, नेदरल्याण्ड, क्रोएसिया, स्लोभानिया, डेनमार्क, फिनल्याण्ड, स्वीडेन र लक्जेम्वर्गबीच कुराकानी भईसकेको र अब अन्य मुलुकसँग छलफल हुने उहाँको भनाइ थियो ।

जर्मन चान्सलर एन्गेला मर्केल, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रों, स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेज, माल्टाली प्रधानमन्त्री जोसेफ मस्कटले यस पहिले नै सम्मेलनमा सहभागिता हुने जनाएको अधिकारीहरूले बताएका छन् । सम्मेलनमा इटाली र ग्रीस पनि सहभागी हुने बताइएको छ ।

तर, हंगेरी, पोल्याण्ड, चेक रिपब्लिक र स्लोभाकियाजस्ता आप्रबासी समस्याबारे विरोधी मानिने मुलुकले सम्मेलनमा सहभागिता नजनाउने बताइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ