प्रधानमन्त्रीले दिए पत्नीलाई सजाय

प्रधानमन्त्रीले दिए पत्नीलाई सजाय

  • शुक्रबार, असार ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

८ असार,काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छल गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ ।

छल गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय गरिएको कानून मन्त्रीले जनाएका छन् ।

जेरुसेलमको जिल्ला वकीलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतान्याहुका विरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीले जारी वक्तव्यमा उल्लेख गरेका छन् ।

आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि उनले केही व्यक्तिलाई प्रधानमन्त्री कार्यालयको खर्चमा रेस्टुरेन्टमा खाना खुवाएको र त्यसका लागि १ लाख अमेरिकी डलर खर्च भएको भन्ने बिषयमाथि गरिएको छानबिनमा ५९ वर्षीय साराले जरिवानको सजाय पाएकी हुन् ।

उनीमाथि घुस लिएको, झूटा बयान दिएको र विश्वासप्रति धोखा दिइएको बताइएको छ । सारासंगै प्रधानमन्त्री कार्यालयका पूर्व उप महानिर्देशक इजा साइडोफलाई पनि सरकारी कोष दुरुपयोगको आरोपमा कारबाही भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ