गैरकानुनी आप्रवासी नियन्त्रणमा इटलीको जोड, १० ईयू सदस्य राष्ट्रका नेताहरू ब्रसेल्समा भेला हुँदै

गैरकानुनी आप्रवासी नियन्त्रणमा इटलीको जोड, १० ईयू सदस्य राष्ट्रका नेताहरू ब्रसेल्समा भेला हुँदै

  • शुक्रबार, असार ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

रोम, असार ८ । युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्नेमा इटलीले जोड दिएको छ ।

सीमामा कडाइ गर्न तथा गैरयुरोपेली आप्रवासीहरूको प्रवाह रोक्नका लागि ईयू सदस्य राष्ट्रका नेताहरूबीच छलफल हुनु अघि इटलीले आप्रवासीहरुलाई युरोप प्रवेश गर्नमा नै रोक्नुपर्ने धारणा अघि सारेको हो ।

१० ईयू सदस्य राष्ट्रका नेताहरू आफ्ना योजना तय गर्न आगामी आइतबार ब्रसेल्समा भेला हुँदैछन् । लिबियाको अस्तव्यस्तता र हिंसाका कारण भागेका अधिकांश अफ्रिकी आप्रवासीहरूका लागि इटली अहिले मुख्य आगमनविन्दु बनेको छ ।

इटलीको नयाँ गठबन्धन सरकारले कागजात नभएका पाँच लाख आप्रवासीहरूलाई फिर्ता पठाउने योजना बनाईरहेका बेला प्रधामन्त्री जुजेपे कोन्टेले एउटा ईयू देशबाट अर्कोमा आप्रवासीहरूलाई सार्नुभन्दा तिनको आगमनको प्रवाह रोक्न जोड दिनुभएको छ ।

आप्रवासीमध्ये सिरियाली युद्ध वा अन्य द्वन्द्वबाट भागेका शरणार्थीहरू छन् । तीसँग सामान्यतया शरण पाउने अधिकार छ । अघिल्लो हप्ता इटलीले ६ सय ६० जना आप्रवासी बोकेको एउटा जहाजलाई भित्रिन नदिएपछि उसको फ्रान्ससँग कूटनीतिक विवाद भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ