भ्रष्टाचार मुद्धाका दोषी चालिसे जेल चलान

भ्रष्टाचार मुद्धाका दोषी चालिसे जेल चलान

  • शुक्रबार, असार ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, असार ८ ।
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरेपछि चालिसे आज जेल चलान भएका छन् ।

ब्यूरोको टोलीले सर्वोच्च अदालतको गत चैत २० को फैसला अनुसार एक वर्ष छ महिना कैद र १० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । फैसलापछि फरार रहेका धादिङका चालिसेलाई ब्यूरोले हिजो पक्राउ गरि जेल चलान गरेको हो ।

तत्कालीन समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृत रहेका चालिसेले विसं २०७१ साउन ११ मा सम्पत्ति शुद्धीकरणको मुद्दा मिलाइदिने भन्दै १० लाख लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।

चालिसेलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाएको ब्यूरोले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ