काठमाडौं, असार ८ ।
भक्तपुरको सानोठिमीमा आज बिहान ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक सेलाङ ६ का हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापा रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा बी.एण्ड.बी अस्पताल ग्वार्कोमा आज बिहान साढे ६ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आज बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोक तर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ट्रिपरसहित चालक ३० वर्षीय राजन खड्गीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline