अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र र प्रकाश रिहा, यसरी गरियाे स्वागत(भिडियाेसहित)

अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र र प्रकाश रिहा, यसरी गरियाे स्वागत(भिडियाेसहित)

  • बिहिबार, असार ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

७ असार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठनअखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक र प्रकाश विक रिहा भएका छन् ।

उनीहरुलाई आज दिउँसो काठमाडौं जिल्ला अदालतको आदेशमा रिहा भएका हुन् । उनीहरुलाई सरकारले सार्वजनिक मुद्दा लगाएर थुनामा राख्दै आएकोा थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश दिँदै अदालतले तत्काल रिहा गर्न सरकारको नाममा आदेश दिएको थियो ।

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता द्वयलाई गएको जेड २८ गते काठमाडौंको अपांगबाट संगठनको कामका सिलसिलामा बाटो हिँडिरहेको बेला संगठनका अध्यक्ष चिरिञ्जीवि ढकालसहितलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

गिरफ्तारको चौतर्फी विरोध र क्रान्तिकारीले आन्दोलनको घोषणा गरेपछि अध्यक्ष ढकाललाई भने दुई दिनपछि रिहा गरिएको थियो । गिरफ्तारको चौतर्फी विरोध र क्रान्तिकारीले आन्दोलनको घोषणा गरेपछि अध्यक्ष ढकाललाई भने दुई दिनपछि रिहा गरिएको थियो ।

विकद्वयको बिनासर्त रिहाईको माग गर्दै असार ३ गते आन्दोलनरत प्रतिपक्षी आठ विद्यार्थी संगठनले असार ३ गते शैक्षिक हड्ताल समेत गरेको थियो । आफ्ना विद्यार्थी नेताहरुको झुठा आरोपमा गृह प्रशासनले गिरफ्तार गरेको भन्दै नेकपाले उनीहरु तुरुन्त रिहाईको माग गर्दै नगरे कडा संघर्षको चेतावनी दिएको थियो ।

रिहा भएका दुवै जना नेतालाई अखिल (क्रान्तिकारी)ले काठमाडौंको चुच्चेपाटीमा एक कार्यक्रम गरी सम्मान गरेको छ ।

भिडियाेमा नेताहरूकाे रिहार्इपछि 

https://www.facebook.com/ushakiran.aazad.7/videos/288600341681347/?t=24

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ