एजेन्सी, असार ७ ।
भनिन्छ, शब्दले व्यक्त गर्न नसक्ने कुराहरु एउटै फोटोले बोलिदिन्छ । अनी ठुलै परिवर्तन ल्याउन सफल हुन्छ ।
यस्तै भएको छ, अमेरिकी फोटोग्राफर जाँन मूरेले खिचेको एक तस्वीर, जसले अमेरीकाको आप्रवासी नीतिमा फेरबदल नै गरायो ।
रुदै गरेकी बच्चीको तस्विर सामाजिक सन्जालमा भाईरल भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बिरुद्धमा अमेरीकी नागरिक मात्रै उत्रिएनन्, ट्रम्प कै रिपब्लीकन पार्टीका सांसदहरुले पनि उनको बिरोध गरे ।
टेक्सासको नजिक प्रहरी अधिकारीले काखमा बोकेकी बच्चीलाई भुईमा उतार्न लगाई सर्च गर्यो । आमाले भुईमा राख्ने बित्तिकै उक्त बच्चि चिच्याउदै रुन थालिन । सोहि बेला मुरेले उनको फोटो आफ्नो क्यामरामा कैद गरेका थिए। तलासि सकिएलगत्तै आमालाई भेनमा कोचेर प्रहरीले लग्यो ।
सोहि तस्विर सामाजिक सन्जालमा भाईरल मात्रै भएन अमेरीकाको पोलिसिको बिरोध गर्ने एउटा राम्रो माध्यम पनि बन्यो ।
र आप्रवासीलाई उनीहरुको परिवारसँग अलग गराउने नीतिको सर्वत्र आलोचना भएपछि ट्रम्पले उक्त कदम फिर्ता लिनु भयो ।
ट्रम्पले अब आप्रवासीका परिवारलाई एकैसाथमा रहने नीतिको एक कार्यकारी आदेशमा हस्ताक्षर पनि गरिसक्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अवैध आप्रवासी परिवारलाई भने एकसाथ हिरासतमा लिइने बताइएको छ ।
यद्यपी आमाबाबुलाई हिरासतमा लिँदा बच्चालाई गलत प्रभाव पर्ने देखिएमा भने अलग्गै राखिने बताइएको छ । बाबुआमासँग बिछोड भएका बच्चाको तस्वीरले आफूलाई बिचलित बनाएकाले पूर्व आदेश रद्द गर्न आदेश दिएको तर्क ट्रम्पले गर्नु भएको छ ।
५ मे देखि ९ जूनसम्ममा २ हजार ३ सय भन्दा बढी बालबालिकालाई अलग गरिएपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो । अमेरिकी सीमामा अवैध ढंगले प्रवेश गर्नेमाथि आपराधिक मुद्दा लगाएर जेल हाल्ने कानूनका कारण अमेरिकामै पनि विवाद बढेको छ ।