बैंकहरूकाे ब्याजदरमा सीमा ताेकियाे, सहमति तोड्नेलाई कारबाही

बैंकहरूकाे ब्याजदरमा सीमा ताेकियाे, सहमति तोड्नेलाई कारबाही

  • बिहिबार, असार ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

७ असार, काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले बैंकहरूकाे ब्याजदरमा सीमा तोकेको छ। राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन पाइनेछैन । संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म मात्र ब्याज दिन पाउने निर्णय भएको बैकर्स संघका सदस्य तथा प्रभु बैंकका सीईओ अशोक शेरचनले बताउनु भयाे ।

यसअघि संस्थागतलाई ११.१५ प्रतिशतसम्म ब्याज दिन पाउने व्यावस्था थियाे । सर्वसाधारण निक्षेपकर्तालाई बढीमा ११ प्रतिशत ब्याज दिन पाइनेछ । अहिले १२.२२ प्रतिशतसम्म दिने गरिएको छ ।

साथै मुद्दती निक्षेपको ब्याज अब ३ महिनापछि मात्रै भुक्तानी गरिनेछ । अहिले बैंकहरुले प्रत्येक महिनामा यस्तो ब्याज दिने गरेकाेमा यो निर्णय गरिएको र नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने सहमति भएको छ ।

पहिले पनि ब्याजदरमा सीमा रहेकेामा तरलता सहज भएको भन्दै केही दिन अघि बैकर्स संघले आफ्नो निर्णय फिर्ता लिएकाे थियाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी