बीरगंज ७ असार ।
स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय कार्यालय वीरगंजले आज एक प्रेस विज्ञप्ती जारी गर्दै समाजका केन्द्रिय उपाध्यक्ष रमेश शर्माको असमायिक निधनले समाज स्तब्ध भएको जनाएको छ । समाजका अध्यक्ष कृष्ण कुमार खनाल र महासचिव ध्रुव अधिकारीद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा संस्थाको हितका लागि सदैव क्रियाशिल शर्माको हृदयघातका कारण बुधवार अपरान्ह असामयिक निधनले संस्थालाई अपूर्णियक्षति पुगेको जनाईएको छ । विज्ञप्तीमा मृत आत्माको चिर शान्तिका लागि श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्न आग्रह गरिएको छ । साथै शर्माको निधन प्रति शोक मनाउन आज समाजको केन्द्रिय कार्यालय बन्द गरिएको छ । स्वर्गिय शर्माको १ श्रीमति, ३ छोरा र १ छोरी रहेका छन् । शर्माको आज विहान वीरगंजको रानीघाट स्थित समसानघाटमा अन्तिम संस्कार गरिएको थियो ।