म्याद गुज्रेको क्यान जुसमा नयाँ म्याद थप, प्रहरीले छापा मार्याे

म्याद गुज्रेको क्यान जुसमा नयाँ म्याद थप, प्रहरीले छापा मार्याे

  • बिहिबार, असार ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

७ असार,काठमाडौं । प्रहरीले वीरगंज महानगरपालिका वडा नं.५ स्थित रेल्वे रोडमा रहेको एक प्रिन्ट कारखानामा छापा मारेकोे छ ।

म्याद गुज्रेको क्यान जुसमा नयाँ म्याद थप गरेको सूचना पाएपछि प्रहरीले कारखानामा छापा मारेको हो । कारखानामा म्याद नाघिसकेको कोरियाली डेल्लोस ओरेन्ज जुसलाई मिति परिर्वतन गरि बजारमा पठाउने तयारी भएको तर विशेष सूचनाको आधारमा समयमै छापा मारेर नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

उसले ५० कार्टुन जुससहित २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ओम बहादुर कार्की र लक्ष्मी साह कानु छन् । प्रहरीले विभिन्न सरकारी कार्यालयको स्टाम्प तथा प्रिन्ट गर्ने मेशिन पनि बरामद गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ