धरहरा पुनर्निर्माण कम्पनी आज छनोट हुने, कस्ले पाउँछ निर्माणको जिम्मा ?

धरहरा पुनर्निर्माण कम्पनी आज छनोट हुने, कस्ले पाउँछ निर्माणको जिम्मा ?

  • बिहिबार, असार ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, असार ७ ।
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनर्निर्माणको निर्माण कम्पनी आज छनोट हुने भएको छ ।

बहुप्रतिक्षित धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वैशाख ३० गते बोलपत्र (टेन्डर) आह्वान गरेको थियो । आज दिउँसो २ बजेपछि टेन्डर खोलिने प्राधिकरणले जनाएको छ ।

धरहरा पुनर्निर्माणका लागि कति कम्पनी टेन्डर प्रक्रियामा सहभागी भए भन्नेबारे प्राधिकरणले केही खुलाएको छैन । १ सय ४५ फिट अग्लो धरहरा २२ तलाको हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा ‘म बनाउँछु मेरो धरहरा’ अभियानको घोषणा गर्नु भएको थियो ।प्रधानमन्त्रीले धरहराको भग्नावशेष अगाडि उभिएर यसको पुनर्निर्माण अघि बढाउने वचन दिनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ