नाम परिवर्तन हुँदैः लेखनाथ हटाएर अब पोखरा महानरपालिका मात्रै राखिने

नाम परिवर्तन हुँदैः लेखनाथ हटाएर अब पोखरा महानरपालिका मात्रै राखिने

  • बिहिबार, असार ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

पोखरा, असार ७ ।
पोखरा लेखनाथ महानरपालिकाको नाम लामो भएको भन्दै परिवर्तन गर्ने तयारी गरिएको छ ।

महानगरपालिकाले असार १० गतेबाट शुरु हुने नगरसभा मार्फत लेखानाथ शब्द हटाएर पोखरा महानगरपालीका मात्रै राख्ने तयारी गरिएको हो ।

पोखरा लेखनाथ महानगरपालिका नाम लामो हुनुका साथै छोटकारीमा भन्दा पनि नराम्रो सुनिने र अन्तर्रा्ष्ट्रिय ख्याति प्राप्त नाम भएकाले पोखरा मात्रै राख्ने सुझाव अनुसार नै हटाउन लागिएको जनाईएको छ ।

साविकको लेखनाथ नगरपालिकामा पर्ने २६ देखि ३३ वडा सम्मका सबै वडाध्यक्षहरु नाम परिवर्तन गर्न सहमत भएकोले आगामी नगरसभामा नाम फेर्ने प्रस्ताव गरेर पारित गर्ने योजना महानगरपालिकाले बनाएको छ ।

यसअघिको नगरसभामै नाम फेर्न अधिकांश सभा सदस्य सहमत भएपनि मेयर मानबहादुर जिसीले निर्णय गराउन सक्नुभएको थिएन ।

मेयर जिसीले नाम फेर्ने प्रस्तावमा अधिकांशको सहमती भएपनि बिरोध गर्नेहरुका कारण पोखरावासीमा नकरात्मक प्रभाव पर्न सक्ने भएकाले तत्काल निर्णय नगरिएको बताउनु भयो ।

उहाँले अब भने लेखनाथ हटाएर पोखरा महानगरपालीका मात्रै राख्ने पनि प्रष्ठ पार्नुभयो ।

उता केही लेखनाथवासीहरुले भने महानगरको नामबाट लेखनाथ हटाउँदा साविकको लेखनाथको अस्तित्व नै नरहने चिन्ता समेत व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ