काठमाडौं, असार ६ ।
नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वा्धिक लामो हुनेछ । आजबाट सूर्य दक्षिणतिर लाग्ने भएकाले दिन लामो भएको हो ।
आज सुर्य र पृथ्वी २३ डिग्री चार मिनेटमा पर्ने ज्योतिषी डा. सुनील सिटौलाले बताउनु भयो ।
उहाँका अनुसार नेपाल पृथ्वीको उत्तरी गोलार्द्धमा पर्ने हुँदा नेपालमा आज दिन वर्षकै लामो हुने र अस्ट्रेलिया लगायत दक्षिणी गोलार्द्धमा आज दिन वर्षकै छोटो हुने हुन्छ ।
भोलिदेखि क्रमिक रुपमा दिन छोटो र रात लामो हुँदै जानेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया आजको दिन लामो हुन्छ ।
अन्तर्रा्ष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिखमध्ये कुनै एक दिन पर्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline