सुन तस्करी प्रकरणःमहलोत्राका व्यवसायियक साझेदार विमल पोद्दार पक्राउ

सुन तस्करी प्रकरणःमहलोत्राका व्यवसायियक साझेदार विमल पोद्दार पक्राउ

  • बुधबार, असार ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

६ असार, काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गरिरहेको विशेष समितिले व्यवसायी विमल पोद्दारलार्इ नियन्त्रणमा लिएको छ ।

पोद्दारलाई मंगलबार राति डिल्ली बजार क्षेत्रबाट नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । उनी व्यवसायी दिपक महलोत्राका व्यवसायियक साझेदार हुन् ।

मंगलबार राति डिल्ली बजार क्षेत्रबाट नियन्त्रणमा लिइएका उनकाे समितिले हाल बयान लिइरहेको छ ।

समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

हाल नेपाल प्रहरीका पूर्व डिआईजी मोहन निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनालसहित अन्य पुर्पक्षका लागि थुनामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ