दुई युवकको डुबेर मृत्यु

दुई युवकको डुबेर मृत्यु

  • बुधबार, असार ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

नुवाकोट, ६ असार। 

सल्यानको खप्टेश्वरी गाउँपालिका–२ बाट यहाँ मजदूरी गर्न आएका दुई युवकको तादी खोलामा नुहाउने क्रममा आज अपराह्न ज्यान गएको छ ।

तादी गाउँपालिका–४ स्थित तादी खोलामा नुहाउने गएका २४ वर्षका डिल्ली विश्वकर्मा र सोही स्थानका २० वर्षका डोना विश्वकर्माको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

सातबिसे भन्ने स्थानमा खोलामा नुहाउन गएका उनीहरुको मृत्यु भइसकेको अवस्थामा स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ । उनीहरु केही दिनअघि मात्र यहाँ आवास निर्माणका लागि मजदूरी गर्न आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ