प्रधानमन्त्री अाेली र चीनीयाँ  राष्ट्रपतिबीच भेटवार्ता, चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

प्रधानमन्त्री अाेली र चीनीयाँ  राष्ट्रपतिबीच भेटवार्ता, चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

  • बुधबार, असार ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

६ असार, बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा अाेलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएकाे छ । उक्त भेटमा  राष्ट्रपति सी ले पालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको भन्दै चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिनुभयाे । जवाफमा राष्ट्रपति शीले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता पनि हुँदैछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार रेल्वेको डीपीआर निर्माणबारे समझेदारी हुन लागेको हो ।

अहिले जारी रहेको पूर्वसम्भाव्यता अध्ययन अगस्टमा सकिनेछ । नेपालले अनुदानमा बनाइदिन आग्रह गरे पनि रेल्वे निर्माणको मोडालिटी टुंगिएको छैन ।

चीनले पूर्ण अनुदानमा बनाउन नमाने केही अनुदान र केही सहुलियतपूर्ण ऋणमा भएपनि बनाउने सरकारको योजना छ । यो रेल नाफा घाटा भन्दा पनि रणनीतिक महत्वको भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले मोडालिटीबारे छलफलमै रहेकेा बताउनु भयाे ।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणकाे निम्ताे दिनुभएकाे छ । उहाँले सि लाइ स्वागत गर्न आतुर रहेको बताउनु भयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ