ठेकेदारका कारण व्यापारिक मार्ग विस्तारमा ढिलासुस्ती

ठेकेदारका कारण व्यापारिक मार्ग विस्तारमा ढिलासुस्ती

  • बुधबार, असार ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

वीरगञ्ज, ६ असार ।
ठेकेदारको लापर्बाहीका कारण वीरगञ्जको पथलैयादेखि परवानीपुर हँुदै एकीकृत जाँच चौकी सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्गको निर्माण कार्य समयमा पूरा नहुने भएको छ ।

सडक निर्माणको क्रम अगाडि बढिसके पनि बजेटको अभाव, निर्माण सामग्रीको अभाव तथा ठेकेदारको ढिलासुस्तीको कारण समयमा पूरा हुन नसक्ने व्यापारिक मार्ग विस्तार आयोजना, वीरगञ्ज—पथलैयाले जनाएको छ ।

जीतपुर बजारवासीलाई सडक क्षेत्रमा पर्ने घरटहरा तथा भौतिक संरचना भत्काउन जेठ १५ को म्याद दिए पनि अटेर गरेकाले उक्त ब्यापारिक मार्ग निर्माण कार्य अगाडि बढ्न नसकेको आयोजनाका इञ्जिनियर तथा सूचना अधिकारी सौम्या आनन्दले बताउनुभयो ।

केन्द्र बिन्दुबाट दायाँबायाँ २२० वटा घर भत्काउनु पर्ने बताउँदै योजना प्रमुख रवीन्द्रलाल दासले पथलैया परवानीपुरदेखि आइसिपीसम्म २७ किलोमिटरमध्ये एक हजार एक सय मिटरमा रहेको घरटहरा बलपूर्वक भएपनि भत्काउने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ