राष्ट्रसंघीय मानवअधिकार परिषदबाट बाहिरियो अमेरीका, परिषद पाखण्डी निकाय–हेली

राष्ट्रसंघीय मानवअधिकार परिषदबाट बाहिरियो अमेरीका, परिषद पाखण्डी निकाय–हेली

  • बुधबार, असार ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

एजेन्सी, असार ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरीका बाहिरिएको छ । मानवअघिकार परिषदलाई राजनीतिक पूर्वाग्रह थुपार्ने खाल्डोको संज्ञा दिदै अमेरिकाले बाहिरिएको घोषणा गरेको हो ।

राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले पाखण्डी र आफ्नै मात्रै सेवामा केन्द्रित निकायले मावन अधिकारलाई मजाक बनाएको आरोप लगाउनु भयो ।

इजरायलप्रति मावनअधिकार परिषद संधै पूर्वाग्रही हुने गरेको भन्दै राजदुत हेलिले बाहिरिने विषयमा पुर्न्विचार गरिरहेको अघिल्लो वर्ष पनि बताउनुभएको थियो ।

स्वीट्जरल्याण्डको जेनेभामा २००६ मा स्थापना भएको परिषदले मानवअधिकार सम्वन्धमा प्रश्न गर्न सकिने देशहरुलाई समेत सदस्य बनाएको भन्दै आलोचना हुदैआएको छ ।

उता, इजरायले भने अमेरिकी निर्णयको सह्राना गरेको छ । यद्यपी अधिकारकर्मीहरुले परिषदबाट वाहिरिने अमेरिकी निर्णयले विश्वभर हुने मानवअधिकारको दुरुपयोग रोक्नका लागि हुने निगरानी तथा समाधानको प्रयासमा प्रभाव पर्नसक्ने बताएका छन् ।

राष्ट्रसंघीय मानवअधिकार आयुक्त जिद राद अल हुसेनले अमेरिकी निर्णय निराशाजनक तथा आश्चर्यजनक नभएको प्रतिकृया दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ