चुनावमा हात जाेड्दै भाेट माग्न अाए, जितेपछि घरै भत्काइदिए !-पिडितकाे पक्षमा विप्लवको कडा चेतावनी

चुनावमा हात जाेड्दै भाेट माग्न अाए, जितेपछि घरै भत्काइदिए !-पिडितकाे पक्षमा विप्लवको कडा चेतावनी

  • मङ्लबार, असार ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

५ असार,दाङ । आफैले भोट दिएर जिताएका जनप्रतिनिधिको ठाडो निर्देशनमा वषौंदेखि बस्दै आएको ४२ घरपरिवारमाथि डोजर लगाइएको छ ।

दाङको तुलसीपुर–१२ हरपौरीमा बस्दै आएका उनीहरुको बिना विकल्प उठिबास लगाइएको छ । विगत ४० वर्ष पहिलेदेखि जोतभोगसहित बसोबास गर्दै आएका सुकुम्बासीको स्थानीय जनप्रतिनिधिकै ठाडो निर्देशनमा उठिबास लगाइएको बताइएको छ ।

श्री पशुपति मावि हरपौरी विद्यालयले पहिले आफैले उक्त जग्गामा बस्न दिएर अहिले अरुलाई नै भाडामा दिन तुलसीपुर उपनगरपालिकाले किसानहरुमाथि डोजर लगाएको हो । उक्त ठाउँमा बसोबास गर्दै आइरहेको ४२ घरपरिवारले केहिदिन अघि सरोकारवाला सबै निकायहरुसँग र तुलसीपुर उपमहानगरपलिकासँग आफूहरुको बासस्थानको व्यवस्थाको अर्को पहलको लागि निवेदन पेश गरेका भएपनि कुनै व्यवस्थाविना नै जबरजस्ती डोजर लगाइदिरहेको स्थानीयले बताएका छन् ।

उनीहरू भन्छन्, चुनावमा भाेट माग्न हात जाेड्दै अाउछन् अनी जितेपछि घरबार नै उठाइदिन्छन्र । यीनीहरूले जनताका लागि हरैन अाफ्नै लागि मात्र काम गर्छन् ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले समेत वडा र विद्यालय व्यवस्थापन समितिमा छलफल गरेर मात्रै उठाउन भनेर तोक लगाएपनि उपमहानगरपालिकाको डोजर लगाएर आफूहरुको उठिबास लगाउन खोजिएको पीडितहरु बताउँछन् । केही जनप्रतिनिधिहरु र विद्यालय व्यवस्थापन मिलेर सुकुम्बासीको उठिबास लगाउने लागेको बताइएको छ ।

वर्षौदेखि बसोबास गरिरहेका किसानहरुको विना बिकल्प उठिबास लगाउन लागिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी दाङले आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेकपाले जबरजस्ती डोजर नलगाउन पनि चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ