अन्तरिक्ष सेना बनाउने राष्ट्रपतिको घोषणा, मानिसलाई मंगल ग्रहमा पठाउने

अन्तरिक्ष सेना बनाउने राष्ट्रपतिको घोषणा, मानिसलाई मंगल ग्रहमा पठाउने

  • मङ्लबार, असार ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तरिक्ष सेना बनाउने घोषणा गर्नुभएको छ । अन्तरिक्षका सम्बन्धमा रुस र चीन जस्ता देशलाई अमेरिकाभन्दा अगाडि बढिरहन दिन नसक्ने भन्दै टङम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने बताउनु भएको हो ।

राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठक अघि बोल्दै राष्ट्रपति ट्रम्पले देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी र मजबुत बनाउन अन्तरिक्ष सेना जरुरी रहेकोमा जोड दिनुभयो ।

अन्तरिक्ष सेना अलग्गै हुने र यसले देशको सुरक्षामात्र नबढाइ रोजगारी र अर्थव्यवस्थामा पनि सुधार आउने उहाँको विश्वास छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले फेरि चन्द्रमा पुग्ने र मानिसलाई मंगल ग्रहमा पठाउने तयारी गर्ने योजना पनि सुनाउनु भयो ।

अमेरिकी सेनाको नयाँ शाखाका लागि अमेरिकी कांग्रेसले कानुन पारित गरेपछि मात्र अमेरिकी राष्ट्रपतिको घोषणाले वैधानिकता पाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ