लप्सीजन्य उत्पादनमा ऋण सदुपयोग गर्नुस्

लप्सीजन्य उत्पादनमा ऋण सदुपयोग गर्नुस्

  • मङ्लबार, असार ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.9K
    SHARES

भक्तपुर, ५ असार।

साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडाशैनीले लप्सीजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनका लागि नेपाल सरकारले प्रदान गर्ने ऋणको सदुपयोग गर्न उद्यमीलाई आग्रह गर्नुभएको छ ।

साना तथा मझौला व्यवसायी महासंघ नेपाल तथा प्राइम कमर्शियल बैंक लिमिटेडको संयुक्त आयोजनामा भक्तपुरको साँगामा भएको तीनदिने दिगो उद्यमका लागि गुणस्तरीय लप्सीजन्य उत्पादन विषयक तालीमको सोमबार समापन गर्दै उहाँले सरकारले उपलब्ध गराउने ऋण लिन र सदुपयोग गर्न उद्यमीलाई आग्रह गर्नुभएको हो । उहाँले महासंघको तर्फबाट उद्यमीलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्राइम कमर्शियल बैंकका कर्जा प्रमुख अनन्त चापागाँईले व्यवसायीलाई व्यवसायको आधारमा तथा उत्पादनको आधारमा कर्जा प्रवाह तथा छुटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनले व्यवसायीलाई निरन्तररुपमा व्यवहारमुखी शिक्षा, तालीम, गोष्ठीलगायत कार्यक्रम सञ्चालन गरिरहने बताउनुभयो ।

कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष इनु पौडेल, केन्द्रीय सदस्य रविन थापा, कुलबहादुर काफ्ले, सहभागीको तर्फबाट पूर्ण कुमार कर्माचार्य, नारायणदेवी सैंजु श्रेष्ठ, प्रविधिविज्ञ सिद्धीबहादुर जोशीलगायतले लप्सी उद्योगका बारेमा चर्चा गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ